फाइल तस्वीर
काठमाडौँ, साउन ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक संसदीय दलको कार्यालयमा ११ बजे देखि सुरु हुने भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिनुभयो । सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।