फाइल तस्वीर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ।


काठमाडौँ, साउन ४ गते । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले पर्सी साउन ६ गते आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वास मत हुनलाग्नुभएकाले जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको हो ।

जसपा नेपाल अहिलेसम्म आधिकारिक निर्णय भने नगरेको भएता पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक रहेको सो पाटीका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनु अघि जसपा नेपालको संसदीय बैठक बसेर निर्णण गर्ने बताइएको छ । सरकारलाई समर्थन गरेको तर सरकारमा सहभागी नहुने निर्णय गरेको जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिने नेता यादवले बताउनुभएको छ ।

जसपा नेपाल मधेश प्रदेश र केन्द्रीय सरकारमा सामेल छैन । मधेश प्रदेशमा डा.चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले सरकारको नेतृत्व गरेको छ । जनमत पार्टीको नेतृत्वको सरकारमा सामेल नभएको जसपा नेपालले मुख्यमन्त्रीलाई समर्थन गरेको छैन ।