फाइल तस्वीर
काठमाडौँ, साउन ४ गते । स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको आज भने एक लाख ४७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार प्रतितोला एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने एक लाख ४६ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।