फाइल तस्वीर
काठमाडौँ, साउन ३ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । बुधबार प्रतितोला एक लाख ४९ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ६० रुपैयाँ निर्धारण भएको छ ।