साङ्केतिक तस्वीर
काठमाडौंँ, साउन २ गते । रसुवामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

उक्त धक्का ३ दशमलव ९ म्याग्निच्युड मापन गरिएको उक्त केन्द्रले जनाएको छ । रसुवामा आज दिउँसो गएको भूकम्प २०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको परकम्प रहेको केन्द्रले जनाएको छ ।

यसअघि, आज बुधबार बिहान ४ बजेर ४० मिनेटमा पनि मुगुको दार्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।