फाइल तस्वीर
काठमाडौँ, साउन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद महेशकुमार बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुने गरी मनोनयन गर्नुभएको हो ।

सांसद बर्तौलाले यसअघि एमालेको प्रमुख सचेतक र सचेतक भएर जिम्मेवारी वहन गरिसक्नुभएको छ ।