फाइलतस्वीरः प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ।

काठमाडौँ, साउन २ गते । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ । आगामी हप्ता ६ गते आइतबार प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले असार ३१ गते सोमबार राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । प्रधानमन्त्रीले साउन ६ गते प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनका लागि संसद सचिवालयलाई औपचारिक पत्र पठाउने तयारी भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनेबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई मौखिक जानकारी गराउँदै संसद सचिवालयलाई पत्राचार गर्ने तयारी भएको बताइएको छ ।