फाइल तस्वीर
काठमाडौँ, साउन २ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबिच आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भेट भएको हो ।

सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।