एकीकृत समाजवादीको मुख्यालयमा समाजवादी मोर्चाका नेताहरु ।


काठमाडौँ, साउन १ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्माको नेतृत्वमा नेपाली काङ्ग्रेस सम्मिलित नयाँ सरकार गठन भएसँगै समाजवादी मोर्चाका नेताहरू छलफलमा जुट्नुभएको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा समाजवादी मोर्चाका नेताहरु छलफलमा जुट्नुभएको हो ।

देशको बदलिंदो राजनीतिक घटनाक्रम, आगामी दिनमा मिलेर जानेबारे सम्बन्धमा साझा धारणा बनाउनसम्बन्धमा मोर्चाका नेताहरुबीच हुने छलफलको एजेण्डा रहेको छ । छलफलमा मोर्चाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् निर्वतमान प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरूको उपस्थिति रहेको छ । मोर्चामा आवद्ध दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवभने उक्त छलफलमा सामेल हुनुभएको छैन ।

नेपाली काङ्ग्रेसको पहलमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सत्ताको नयाँ समीकरण बनेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संसद्बाट विश्वासको मत पाउन नसक्दा सरकारबाट बहिर्गमन हुनुपरेको थियो । केपी ओलीको नेतृत्वमा आइतबार साँझ नयाँ सरकार गठन भएको थियो ।