नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, कार्यालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्वीरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, असार ३१ गते । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । हिजो आइतबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले आज सोमबार बिहान शीतल निवासमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

चौंथो पटक प्रधानमन्त्री बन्नुभएको एमाले अध्यक्ष ओलीले पद तथा गोपनीयताको शपथ लिएपछि लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । त्यस लगतै ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर नेपाल कम्युनिस्ट पार्टीका तीन नेताहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकार र मदन भण्डारीको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आजै २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो । सहित सबै मन्त्रीले आज नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।