काठमाडौँ, असार २८ गते । नयाँ सरकार गठनको आह्वानअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्लाई परामर्शको लागि शीतल निवास बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले आज शुक्रबार अपराह्न संविधानविद्हरू वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलाई परामर्शका लागि बोलाउनुभएको हो ।

नयाँ सरकार गठनका लागि संविधानको धारा ७६(२) वा (३) कुन प्रयोग गर्ने भन्ने विषयमा राष्ट्रपतिले परामर्श गर्न चाहेको बताइएको छ । प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित भएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ ।