फाइल तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड ।


काठमाडौँ, असार २८ गते । प्रधानमन्त्रीबाट पदमुक्त हुनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न महाराजगञ्जस्थित राष्ट्रपति निवास शीतल निवास पुग्नुभएको छ ।

प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको विश्वासको मत असफल भएपछि उहाँ सत्ताच्यूत हुनुभएको हो । प्रधानमन्त्रीबाट विश्वासको मत गुमाए लगतै संसद भवन नयाँ बानेश्वरबाट सिधै प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुग्नु भएको हो ।

राष्ट्रपति पौडेलले अब बन्ने नयाँ सरकार संविधानको धारा ७६ को (२) वा (३) कुनमा बन्ने भन्ने विषयमा कानूनविद्हरुसँग परामर्श गर्नुहुने बताइएको छ ।