फाइल तस्वीर: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।


काठमाडौँ, असार २८ गते । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पदमुक्त हुनुभएको छ । प्रतिनिधिसभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनुभएको हो ।

सत्ता साझेदार दल नेकपा एमालेले यही असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा संविधानको धारा १०० (२) अनुसार विश्वासको मत माग्नुभएको थियो ।

सङ्घीय संसदअन्तर्गत रहेको प्रतिनिधिसभामा २७५ सदस्यरहेको मध्ये प्रधानमन्त्रीको विपक्षमा १९४ मत परेको थियो । प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र प¥यो । प्रधानमन्त्रीको विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति रहेको थियो ।

वि.सं. २०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७९ पौष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा प्रतिनिधिसभाबाट ९९ दशमलत २५ प्रतिशत विश्वासको मत पाउनुभएको थियो । जुन नेपालको संसदीय इतिहासमा सबैभन्दा ठूलो विश्वासको मत पाउने पहिलो प्रधानमन्त्रीसमेत बन्नुभएका प्रचण्ड १८ महिना पछि आज असार २८ गते विश्वासको मत प्राप्त गर्न असमर्थ भएपछि सत्ताच्यूत हुन पुग्नुभएको छ ।