काठमाडौँ, असार २८ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौँपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुँने बताउनुभएको हो ।

सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको बताउनुभयो । “कुनै पार्टीप्रतिको पूर्वाग्रह होइन तर लोकतन्त्र जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हो”, उहाँले भन्नुभयो, “हामी सत्ता समीकरणको पक्षमा पनि छैनौँ, नेपालको वामपन्थी एकैठाउँमा भए पनि भत्काउनुप¥यो ।”

सांसद केसीले संविधानका आधारभूत कुरा संसोधन गर्न नपाइने बताउनुभयो ।