काठमाडौँ, असार २८ गते । प्रतिनिधिसभाको बैठक जारी छ । प्रधानमन्त्रीले आजको बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ । अहिले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकलाई संबोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिराले देशका विभिन्न भागमा क्षति भएको र सबै राजनीतिक दल राहत एवं उद्धारका काममा क्रियाशील हुनुपर्नेमा सरकार परिवर्तनका काममा लाग्नु दुःखद भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुअघि उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले उक्त प्रस्ताव परेपछि आजै त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।