फाइल तस्वीर


काठमाडौँ, असार २८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को बैठक पछि आज शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा विशेष सम्बोधन गर्नुहुने भएको छ । सरकारबाट बहिर्गमित हुँदैगर्दा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पार्टी कार्यालयमा पुगेर विशेष सम्बोधन गर्न लागेका हुन् ।


अब केही बेरमा संसद बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको छ । प्रधानमन्त्रीले संसदमा पाँचौं पटक विश्वासको मतको प्रस्ताव राख्दा विश्वासको मत नपाउने निश्चित छ । प्रधानमन्त्री सत्ताबाट बहिर्गमन हुँदैगर्दा नेकपा माओवादी केन्द्रले आगामी दिनमा अवलम्बन गर्ने रणनीतिलगायतका विषयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताइएको छ ।