फाइल तस्वीर


काठमाडौँ, असार २८ गते । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरिएको बताउनुभयो । आज शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले १८ महिनाको अवधिमा पाँचौं पटक विश्वासको मत लिंदै हुनुहुन्छ ।


प्रधानमन्त्रीले १८ महिनाको अवधिमा आज प्रतिनिधिसभाको बैठकमा पाँचौं पटक विश्वासको मतको प्रस्ताव राख्नुहुने
प्रधानमन्त्री प्रचण्ड २०७९ साल पौष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभाका दुई मुख्य ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठन गर्ने प्रक्रियामा रहेकाले यी दुवै दलले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै दुवै दलले आ–आफ्ना सांसदहरुलाई प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न यस अघि नै ह्वीपसमेत जारी गरेका छन् ।