काठमाडौँ, असार २७ गते । सङ्घीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै छ । जसअन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपहन्न ४ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

5634563


त्यसैगरी राष्ट्रियसभा बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउनुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नुहुने कार्यसूची रहेको छ । साथै बैठकमा अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नुहुनेछ ।

भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

r456