फाइल तस्वीर
काठमाडौँ, असार २६ गते । सत्ताको नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । सरकारलाई समर्थन गरेको ठूलो दल एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएको प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन आज बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले २८ गते शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिंदै हुनुहुन्छ । संसदको दुई ठूला मूख्य दल नेपाली काङ्ग्रेस र एमाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुनै सम्भावना छैन । नयाँ सत्तासमीकरणमा काङ्ग्रेस र एमाले मिलेकाले प्रधानमन्त्रीको विश्वासको मतको प्रस्ताव असफल हुने देखिन्छ ।