साङ्केतिक तस्वीर
काठमाडौँ, असार २६ गते । पूर्वी नेपालको ताप्लेजुङमा भूकम्प गएको छ । आज राति पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर चार दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो परकम्प नभइ भूकम्प हो । भूकम्पविद् डा. अधिकारीका अनुसार यस्तो खालको भूकम्प क्षति पु¥याउने खालको नभएको समेत जानकारी गराउनुभयो ।

ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो।