काठमाडौँ, असार २४ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान ११ बजे बाट सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७९र०८० पेश गर्नुहुने कार्यसूची छ ।

यसैगरी आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री प्रचण्डले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।