फाइल तस्वीरः अध्यक्ष माधवकुमार नेपाल ।


काठमाडौँ, असार २० गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी दशौँ महाधिवेशनले पार्टीको अध्यक्षमा पुनः माधवकुमार नेपाल सर्वसम्मत चयन गरेको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले निर्वतमान अध्यक्ष नेपाललाई पुनः अध्यक्षमा निर्विरोध निवाचित गरेको हो ।


यसैगरी पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ । एकीकृत समाजवादीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।