काठमाडौँ, असार १९ गते । नेपाली काङ्ग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रवक्ता डा प्रकाशशरण महतले बैठकको निर्णयबारे जानकारी दिँदै सङ्घीय संसद्का दुई ठूला दल काङ्ग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताउनुभयो ।

काङ्ग्रेस र एमालेबीच सत्ता समिकरणका लागि सोमबार सहमति भएको थियो । उक्त समिकरणमा अन्य दलको समेत समर्थन रहने प्रवक्ता डा महतले बताउनुभयो ।