फाइल तस्वीर
काठमाडौँ, असार १९ गते । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । तीन दिनयता थोरै दरमा उकालो लागिरहेको सुनको मूल्य आज पनि सामान्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजाबी सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज बुधबार प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।