काठमाडौँ, असार १८ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै छ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताउनुभयो ।