फाइल तस्वीर
काठमाडौँ, असार १८ गते । सत्ताच्युतको सङ्घारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

सोमबार मध्यरातमा नयाँ सरकार गठन गर्ने विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच सहमति जुटेपछि प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाउनु भएको हो ।

पदाधिकारी बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठक पछि सम्भवत प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुहुने छ ।

प्रचण्डकै नेतृत्वमा सरकारमा रहेको एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने तयारी गर्नुभएको छ । एमालेका मन्त्रीहरुले राजीनामा दिनु अघि नै प्रधानमन्त्रीस्वयमको राजीनामा आउन सक्ने आङ्कलन गरिएको छ । प्रधानमन्त्रीले आज मङ्गलबार नै राजीनामा दिनुभए नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ हुनेछ । आजै साँझसम्ममा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना बलियो बनेको छ ।