काठमाडौँ, असार १८ गते । एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । मध्यराति वर्तमान गठबन्धन तोडेर एमालेले नेपाली काङ्ग्रेससँग नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि एमालेका मन्त्रीहरूले आज मङ्गलबार राजीनामा दिने भएका हुन् ।

नेपाली काङ्ग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि ओलीले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिनुभएको छ । सोहीअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका हुन् ।

योसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न लागिएको हो ।