काठमाडौँ, असार १८ गते । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाउनुभएको छ । बैठक आज मङ्गलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस र दोस्रो दल नेकपा एमालेबीच मध्यराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेसँगै प्रचण्ड नेतृत्वको सरकार सम्भवतःढल्ने निश्चित भएको छ । सत्ता गुम्ने निश्चित भएसँगै माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले पदाधिकारी बैठकबाट छलफल भएपछि आजै राजीनामा दिने सम्भावना रहेको छ ।