काठमाडौँ, असार १७ गते । प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ । सरकारको एकजना पनि मन्त्री उपस्थित नभएकाले केहीबेर सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको हो ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेपाली काङ्ग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्का सदस्यको खोजी गर्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको थियो ।