काठमाडौँ, जेठ २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेघावाट विद्युत सोलारबाट थप गर्ने बताउनुभएको हो ।

मन्त्री बस्नेतले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताउनुभयो । उहाँले आगामी दुई वर्षभित्र सोलारबाट नै एक हजार मेघावाट विद्युत थप गर्ने र आगामी वर्षमा जलवायुबाट ४५ सय पु¥याउने भनी लागेको बताउनुभयो । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएको छ ।