फाइल तस्वीर
काठमाडौँ, जेठ २४ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला एक हजार आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य आज एक हजार आठ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँ रहेको थियो ।