काठमाडौँ, जेठ २४ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आज बिहिबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।


संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

त्यसैगरी आजको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ छलफल र पारितका लागि प्रस्ताव पेश गर्नुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

3535636