प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।


पोखरा, जेठ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको वर्तमान सरकार पाँचै वर्ष चल्ने दावी गर्नुभएको छ । आज बुधवार पोखरास्थित सभागृहमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रण्डले यस्तो दावी गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अझै नेतृत्व खोज्ने समय नआएको भन्नुहुँदै ‘कि अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई रु प्रतिप्रश्न गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले ‘मैले पार्टीको नेतृत्व छोड्दा उत्तराधिकारी खोजेरै जान्छु नि । म सधैँ नेता हुने त होइन’— भन्नुभयो ।