काठमाडौँ, जेठ २३ गते । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । आज बुधबार बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षाका सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय शतर्कता केन्द्रबाट भएका कामकारवाहीहरुको बारेमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयन अवस्था लगायत विषयहरुका सम्बन्धमा छलफल हुनेछ ।