काठमाडौँ, जेठ २३ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक काठमाडौँको नयाँबानेश्वरस्थित संसद् भवनमा आज बुधबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक बजेटमाथि छलफल जारी रहने कार्यसूची छ । साथै आजको बैठकमा सांसद्हरूले बजेटमाथि उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र ‘भन्सार महसुल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।

556566