तस्वीरमा प्रतिनिधिसभाको बैठक ।

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरिएको छ आज सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गर्नुभएको हो ।

त्यस्तै बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभएको छ ।

बैठकमा अहिले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।