फाइल तस्वीर

काठमाडौँ, जेठ २१ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुट्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा देशका मुख्य तीन दलका शीर्ष नेताहरु देशको समसामयिक विषयमा छलफल गर्न जुट्नुभएको हो ।

शीर्ष नेतहरुबीच संसदमा जेठ १५ गते प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट, सहकारी ठगी प्रकरणको छानविन गर्न गठित संसदीय छानविन समिति र देशको समसामयिक राजनीतक विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

सहकारीको रकम हिनामिना र अपचलन भएको विषयमा गठन भएको संसदीय छानविन समितिको कार्यादेशमा सहमति भएपछि तीन ठूला शीर्ष नेताहरुबीच आज पहिलो पटक एकै ठाउँमा भेटभएर छलफल गर्नुभएको हो । आजै बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको थियो ।