फाइल तस्वीर

काठमाडौँ, जेठ २१ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः १५ बजेका लागि बोलाइएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।
स्घीय संसदमा जेठ १५ गते अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटमाथिको छलफल भोलि मङ्गलबारसम्म सक्ने तयारी रहेको छ ।

त्यसैगरी राष्ट्रियसभाको आजको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहने जनाइएको छ ।