फाइल तस्वीरः सम्मानित नेता झलनाथ खनाल ।
काठमाडौँ, जेठ २० गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सहमतिबाटै नेतृत्व चयन हुने बताउनुभएको छ । आज आइतबार पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सम्मानित नेता खनालले आगामी असारमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने सम्बन्धमा पार्टीमा छलफलहरू भइरहेको बताउनुभएकोे हो ।

उक्त पत्रकार सम्मेलनमा नेता खनालले ‘सकेसम्म अन्तिम प्रयास गरेर सहमतिपूर्ण नेतृत्व चयन गर्छौ । त्यसका लागि पार्टीभित्र छलफल चलिरहेको छ’ भन्नुहुँदै नेता खनालले असारको तेस्रो सातामा हुने पार्टीको १० औं महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने दावीसमेत गर्नुभएको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म पाँच दिन पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको आयोजन ागर्दैछ । काठमाडौँमा हुने उक्त महाधिवेशनमा चारवटा दस्तावेजहरु पेश गरिने र सोही महाधिवेशनले उक्त दस्तावेज पारित गर्नेछ ।

पार्टीको आगामी नयाँ नेतृत्व समेत चयन गर्ने उक्त महाधिवेशनमा पार्टीका वर्तमान अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल आकाङ्क्षी देखिनुभएको छ । नेता खनालको चाहना नेतृत्व गर्ने चाहनाको छनक आजको पत्रकार सम्मेलनमा दिनुभएको छ ।