फाइल तस्वीरः सर्वोच्च अदालत


काठमाडौँ, जेठ २० गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनावाई हुने भएको छ । गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गर्नुभएको सो रिटको सुनुवाईका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा आज सुनवाईको लागि पेशी तोकिएको हो ।

गृहमन्त्रीलाई निलम्बन गर्न माग गरिएको उक्त मुद्दाको सुनुवाई यस अघि दुई पटकसम्म स्थगित हुन पुगेको थियो । तेस्रोपटक आज आइतबार उक्त मुद्दाको पेशी तोकिएको छ । अधिवक्ता भट्टराईले नै यस अघि दुई पटक स्थगित गर्न अनुरोध गर्नुभएको थियो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त मुद्दा पाँच नम्बरमा परेको छ । यसअघि लगातार न्यायाधीश सुनिल पोखरेलको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।