तस्वीरमा प्रतिनिधिसभाको बैठक ।


काठमाडौँ, जेठ २० गते । सङ्घीय संसद्को बैठक आज बस्ने भएको छ । संसद् सचिवालयका अनुसार आज आइतबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी ‘आर्थिक वर्ष २०८१/०८२ को आय र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

अर्थमन्त्री पुनले प्रस्ताव पेश गर्नुभएपछि आगामी आर्थिक वर्षको आय र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।