काठमाडौँ, जेठ १९ गते । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (डीएसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । हिजो शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका चारजना डीएसपीलाई एसएसपीमा बढुवा गरेको हो ।


प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले जारी गरेको सूचनाअनुसार बढुवा सिफारिस हुने सूचीको पहिलो नम्बरमा प्रदीबहादुर क्षेत्री दोस्रो नम्बरमा नारायण रंजितकार, तेस्रोमा अनन्तराम शर्मा र चौथो नम्बरमा एकनारायण कोइराला रहेका छन्।