काठमाडौँ, असार १४ गते । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज बिहान ११ बजेदेखि सुरु भएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९ माथि छलफल गरियोस््’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।