साङ्केतिक तस्वीर


काठमाडौँ, असार १४ गते । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति करिब साढे १ बजे ४ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पले क्षति पुर्याएको वा नपुर्याएको भन्ने बारे अहिलेसम्म कुनै विवरण सार्वजनिक भएको छैन । मनसुन सुरुभएसँग भूकम्प जाँदा स्थानीयहरुमा एक खालका सन्त्रास फैलिएको थियो ।

वि.सं. २०७२ सालमा गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भएको शक्तिशाली भूकम्पको धक्का र जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकवासी जनता वर्षासँगै राति आएको भूकम्पका कारण त्रसित बन्न पुगेका छन् । पटक पटक भूकम्पको धक्का खेप्दै आएका सिन्धुपाल्चाृकका जनताले ठूलो धनजनको क्षति व्यहोर्दै आएका छन् ।

नौ वर्ष अघि गएको भूकम्प र बेलाबखतको परकम्पनले थलिएको सिन्धुपाल्चोककै हेलम्बु र मेलम्चीलाई २०७८ साल असार १ गतेको भीषण बाढी र पहिरोले थप पीडामा गाडेको थियो । तीन वर्ष अघि गएको उक्त बाढी र पहिरोले हेलम्बु र मेलम्ची बजार बगरमा परिणत भएको थियो । उक्त बाढीले मेलम्चीमा ठूलो धनजनको क्षति भएको थियो ।