फाइल तस्वीर

काठमाडौँ, असार ११ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज मङ्गलबार बिहान ११ बजेबाट प्रारम्भ भएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति, संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नुहुने छ ।