काठमाडौँ, असार १३ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज बिहिबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति, संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

साथै मन्त्री तामाङले नै ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

3535