फाइल तस्वीरः राष्ट्रियसभा बैठक ।
काठमाडौँ, असार १३ गते । राष्ट्रियसभा बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १:१५ बजे बैठक बस्ने भएको हो ।


आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउनुहुनेछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।