फाइल तस्वीर
लमजुङ, असार १२ गते । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताउनुभयो ।

पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।