काठमाडौँ, असार ११ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी रहेको छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज मङ्गलबार बिहान ११ बजेबाट प्रारम्भ भएको हो ।

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिनुहुँदै छ ।

त्यसैगरी संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने छ ।