काठमाडौँ, असार ११ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज मङ्गलबार बिहान ११ बजेका लागि बोलाइएको हो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिनुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा आजको बैठकमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुनेलगायत उल्लेख गरिएको छ ।


आजको बैठकमा सभामुखले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभा सदस्यहरूबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ’विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । साथै अर्थमन्त्री पुनले ’आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस्’, ’राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस्’ र ’भन्सार महसुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी आजको बैठकमा सांसदहरुले विभिन्न मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

11
22